गायक रुजन सिवाकोटीको स्वर रहेको गीत ‘चञ्चले आँखा...’ सार्वजनिक भएको छ । गायक रुजनलाई गीतमा महिलाको स्वर गायिका मेलिना राईले दिएकी छिन् ।

डीपी खनालको शब्द तथा देवेन्द्र बरालको सङ्गीत रहेको गीतमा विषम आचार्यको सङ्गीत संयोजन छ ।


गीतको भिडियोमा सुनिल क्षत्री र केकी अधिकारीको अभिनय देख्न सकिन्छ । सुनिलकै निर्देशन रहेको भिडियोलाई दर्शकले रुचाउने गायक रुजनले आस गरेका छन् । भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन छ ।