मेष - आजको दिन सामान्यतया अनुकूल रहनेछ। राजनीतिक, सामाजिक र व्यापारिक क्षेत्रमा यथावत प्रगति भए पनि वैदेशिक क्षेत्रमा विशेष लाभदायी नतिजा प्राप्त हुने सम्भावना छ। आयआर्जनमा वृद्धि हुनेछ।
वृष - दिन शुभ रहनेछ। बोलीमा संयम आवश्यक छ, अन्यथा विवाद वा वैमनस्य बढ्न सक्छ। व्यापार–व्यवसायमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, तर व्यक्तिगत सम्बन्धमा सजगता अपनाउनुपर्नेछ।
मिथुन - दिन सामान्यतया सकारात्मक रहनेछ। प्रतिस्पर्धीहरू कमजोर पर्नेछन् र व्यक्तिगत प्रभाव विस्तार हुनेछ। राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा स्थिरता रहनेछ भने शैक्षिक क्षेत्रमा विशेष प्रगति हुनेछ। मान–प्रतिष्ठा बढ्ने सम्भावना छ।
कर्कट - दिन सामान्य रहनेछ। धार्मिक तथा आध्यात्मिक कार्यप्रति रुचि बढ्नेछ। सुरु गरेका काममा सफलता मिल्नेछ र सम्मान बढ्नेछ। तर स्वास्थ्यतर्फ विशेष सचेत रहनुपर्ने दिन हो।
सिंह - दाम्पत्य जीवनमा सुख शान्ति रहनेछ। सामाजिक, धार्मिक र राजनीतिक क्षेत्रमा सामान्य प्रगति भए पनि वैदेशिक क्षेत्रमा गरेको लगानी वा श्रमले राम्रो प्रतिफल दिनेछ। आम्दानीमा वृद्धिसँगै सामाजिक सम्मान पनि बढ्नेछ। तर अध्ययनमा ध्यान कम हुन सक्छ।
कन्या - दिन सामान्यतया सकारात्मक रहनेछ। प्रभावशाली व्यवहारका कारण आलोचकहरू कमजोर हुनेछन्। अध्ययनप्रति रुचि बढ्नेछ, प्रेममा सफलता मिल्नेछ र आत्मबल बलियो बन्नेछ।
तुला - आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा बलियो उपस्थिती रहनेछ। शैक्षिक क्षेत्रमा लगानी लाभदायी हुनेछ। पारिवारिक सम्बन्धमा भने मतभेद वा विवाद देखा पर्न सक्छ। धार्मिक कार्यप्रति आकर्षण बढ्ने सम्भावना छ।
वृश्चिक - बोलीमा असावधानीले साथी–सहयोगी टाढिन सक्छन्। शत्रु वा विरोधी सक्रिय बन्नेछन्। पारिवारिक वातावरणमा तनाव बढ्ने सम्भावना भएकाले धैर्य र विवेक प्रयोग गर्न आवश्यक छ।
धनु - आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ र स्वास्थ्यमा सुधार आउनेछ। तर शैक्षिक क्षेत्रमा आलस्य बढ्न सक्छ र प्रेम सम्बन्धमा धोका सम्भावना रहन्छ।
मकर - मधुर बोलीको प्रभावले फाइदा हुनेछ। अन्य क्षेत्रमा सामान्य प्रगति भए पनि वैदेशिक क्षेत्रमा गरेको लगानी लाभप्रद हुनेछ। पारिवारिक सुख–शान्ति बढ्नेछ र खुसीको वातावरण सिर्जना हुनेछ।
कुम्भ - दिन सामान्य रहनेछ। बोलीमा मिठास आउनाले सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीले उल्लेखनीय सफलता दिनेछ। तर स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ, सतर्कता आवश्यक छ।
मीन - प्रशंसा प्राप्त हुने दिन हो। मानसिक खुसी बढ्नेछ र वैदेशिक क्षेत्रमा सफलता हात लाग्नेछ। तर प्रेम सम्बन्धमा चुनौती र संघर्षको सामना गर्नुपर्ने देखिन्छ।