फिल्म ‘जारी २’को प्रदर्शन मिति जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितीका कारण स्थगीत भयो । यो फिल्मले आगामी असोज ३ गतेबाट रिलिजमा आउने भनेर प्रचार समेत आरम्भ गरेको थियो। त्यसपछि, यसको निर्माणपक्षले फिल्मको प्रदर्शन मिति कात्तिक ६ लाई तोक्यो । 


भाइटिकाको दिनबाट यो फिल्म ल्याउने निर्माणपक्षको योजना एक दिन पनि टिकेन । अब, फिल्मको प्रदर्शन मिति फेरि पोष्टपोन्ड भएको छ ।


निर्माता रामबाबु गुरुङले सबैसँगको सल्लाह गरेर फिल्मको प्रदर्शन मिति कात्तिक २१ गते तोकिएको बताएका छन् । 


फिल्मको प्रदर्शन मिति २ पटक पोष्टपोन्ड भएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल,  वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ । फिल्म ‘जारी २’ वर्षकै प्रतिक्षित फिल्म हो ।