नायिका केकी अधिकारीले भ्रष्टाचार विरुद्ध जुन उद्देश्य र सपना बोकेर सहिदहरु लडेका थिए, त्यसलाई पुरा गर्न आम नेपालीले पनि सपथ लिनुपर्ने उल्लेख गरेकी छिन् ।
केकीले, आफैंसँग सपथ लिन सबैलाई आग्रह गरेकी हुन् । उनले लेखेकी छिन्–‘आज एउटा सपथ लिऔं, घुस लिने र दिने गर्ने छैनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाउँ दिने छैनौं । यो त्याग र बलिदान खेर जान दिने छैनौं ।’
विशेषगरी, जेनजी आन्दोलनमा सहिद भएकाहरुको सपना पनि देशलाई भ्रष्टाचारबाट मुक्त बनाउनु नै थियो ।
यसैले, नायिका अधिकारीले पनि अब आफूले पनि घुस नलिने र घुस नदिने सपथ लिन सबै नेपालीलाई आग्रह गरेकी छिन् । यसो गरेको खण्डमा मात्र शहिदहरुको सपना पुरा हुने उनको भनाई छ ।