असोजको ३ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘जारी २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । अब, यो फिल्म कात्तिकको ६ गते रिलिजमा आउने भएको छ । भाइटिकाको दिनबाट फिल्म रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको हो । 


उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले कात्तिक ६ लाई प्रदर्शन मिति तय गरेपछि अहिले फिल्म क्षेत्रमा ठूलै खैलाबैला मच्चिएको छ । यो मितिमा यसअघि नै ३ वटा फिल्मले प्रदर्शन मिति तय गरिसकेका थिए । 


रामबाबु गुरुङ निर्माता  रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, वुद्दि तामाङ लगायतका कलाकारहरूको अभिनय छ । 

‘जारी’को सिक्वेल भएका कारण पनि यो फिल्म चर्चामा छ । असोज ३ गते संविधान सभाको दिनबाट सोलो रिलिज हुन लागेको फिल्म जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण पोस्टपोन्ड भएको थियो ।