जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको प्रदर्शनमा ज्यान गुमाएका युवाको शोकमा फिल्म हल बन्द गरिएको छ।
मंगलबार चलचित्र संघको आह्वानमा देशभरका १६५ हलहरू बन्द गरिएको हो।
संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जनाएको छ।
संघले प्रहरीको गोलीबाट मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ।






































