जेन जी पुस्ता विश्वमा जबरजस्त उदाएको छ । परिवर्तनको सम्बाहकका रुपमा पनि जेन जी पुस्ता अग्रणी मानिन्छ ।सोमबारदेखि सुरु भएको  यही दृश्य मंगलबार पनि जारी रहेको छ । स्वत:स्फूर्त र शान्तिपूर्ण रुपमा आफ्ना आवाज उठाउने गरी सडकमा उत्रिएको जेन जी प्रदर्शनमा प्रहरी दमन भयो । 


काठमाडौंको प्रहरी दमले प्रदर्शनमा सहभागीलाई कमजोर बनाएर देशकै लागि कालो दिन बन्यो । अर्थात काठमाडौंका सडकमा राज्यलाई खबरदारी गर्न उठेको जेन जी पुस्तामाथि भएको आक्रमणले यो समाचार तयार पार्दासम्म २२ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा उपचाररत धेरै जनाको अवस्था अझै गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 


इहहरीमा दुई जनाको मृत्यु भएसँग अहिलेसम्म ज्यान गुमाउनेको संख्या २२ माथि पुगेको छ भने धेरैको अवस्था गम्भीर छ।  यो खबरदारी बढ्दो भ्रष्टाचार नियन्त्रण र सरकारले सामाजिक सञ्जाल  प्रयोगमा गरेको कडाइ लक्षित थियो। 

यद्यपी प्रदर्शनले अर्को रुप लियो र ठूलो नरसंहार भयो । यो घटनाले सिंगो देश रोएको छ । कलाकारिता र नयाँ रिलिज भएका फिल्मले रमाइलो बाँडिरहेका बेलाको यो देश बनाउने सपनासहितको खबरदारीले फेरि एक पटक नेपाल र नेपालीलाई रुवाएको छ । 


यही घटनापछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीसहित राजीनामा दिएका छन् । सोमबारकै मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा भएका सम्पूर्ण घटनाबारे छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ । समितिलाई १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।  


यस्तै सरकारले तत्काल सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नखोल्ने निर्णय पनि गरेको छ । गत बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सूचीकृत नभएका सम्पूर्ण सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।  

जे नहुनु थियो भयो । अब यसको दीर्घकालीन समाधान खोज्न जरुरी छ । सरकार वा सत्तामा भएकाले शक्तिको दम्भ त्यागी नयाँ पुस्ताको चाहना र समृद्ध देश निर्माणको परिकल्पनालाई साकार पार्न दीर्घकालीन योजनाबद्ध निकास आवश्यक छ।