नायिका वर्षा राउत यतिबेला फिल्म ‘मालती मंगले’को छायांकन व्यस्त छिन्। सेटमा रहेकी नायिका राउतले आइतबार सामाजिक सञ्जालमा एउटा स्टोरी पोस्ट गरिन् । उक्त पोस्टमा उनले आफूले जे गरेपनि मानिसहरूलाई मन नपर्ने उल्लेख गरेकी छिन् । 


वर्षाले लेखेकी छिन्–‘मैले हालै मात्र एउटा कुरा नोटिस गरेँ । मैले जे भनेपनि मान्छेहरूलाई मन पर्दैन । मैले राम्रै कुरा बोल्दा पनि मान्छेहरूलाई मन नपर्ने रहेछ । अनि, त्यो किन रहेछ भन्दा मेरो बोल्ने सोमत छैन रैछ । मलाई राम्रो शब्द राखेर बोलन आउँदैन रहेछ । सुन्दा आनन्द आउने आवाज छैन रहेछ ।’


वर्षाले आफूले आफ्नो मनको कुरा राम्रो शब्दमा भन्न र लेख्न सिकेको उल्लेख गर्दै मान्छेको नजरमा राम्रो हुन सिकिरहेको समेत उल्लेख गरेकी छिन् । वर्षाले हालै मात्र दिएका केही अन्तवार्तामा आएका प्रतिक्रियाबाट दिक्क भएर सामाजिक संजालमा यस्तो स्टाटस लेखेकी हुन् । 


वर्षाले आफूले भन्न चाहेको कुरा कतिपय गलत सुनिएको हो भन्दै हिजोआज डरले आफूले केही बोल्न नसकेको पनि उल्लेख गरेकी छिन् । वर्षाले देश वा सम्बन्धका कुरामा आफूलाई बोल्न डर लाग्न थालेको पनि लेखेकी छिन् ।