काठमाडौं— सत्तारुढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गतको प्रदेशसभा क्षेत्र (२) मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपनिर्वाचनलाई लिएर आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो।
बैठकमा सहभागी कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायका अनुसार, 'आजको बैठकको मुख्य एजेण्डा नै मनाङको निर्वाचनमा दल दर्ता गर्ने विषय थियो।' उनका अनुसार पार्टी अब निर्वाचन आयोगमा आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा छ।
उपनिर्वाचन कहिले हुने भन्ने निर्वाचन आयोगले मिति तोक्न बाँकी भए पनि कांग्रेसले अग्रिम तयारी सुरु गरिसकेको छ। उपयुक्त उम्मेदवार चयन, संगठन सुदृढीकरण र रणनीतिक योजना निर्माण पनि चाँडै सुरु हुने नेताहरूको भनामइ छ।