नेपाली मिक्स्ड मार्सल आर्टस् फाइटर रविन्द्र ढाँट रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । ललितपुरमा आयोजना भएको एक कार्यक्रममा ढाँटलाई सद्भावना दूतमा नियुक्त गरिएको हो । १७ वर्ष अगाडि स्थापना भएको रोहिणी इन्टरनेशनलले आफ्नो सफलता यात्रामा ढाँटलाई सद्भावना दुत नियुक्त गरेको हो ।


नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले रोहिणीलाई इतिहास बोकेको संस्था भन्दै ढाँटलाई एम्बास्डर बनाउनु गर्वको बिषय भएको बताए । उनले ढाँटको प्रशंसा गर्दै उनी जस्तो व्यक्ति पाउनु सौभाग्य भएको तर्क गरे । यस्तै, रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजका म्यानेजिङ डाइरेक्टर श्याम भण्डारीले ढाँटको समावेशीले संस्थाको गरिमा अझै बढ्ने विश्वास गरे ।


सद्भावना दुत नियुक्त भएपछि बोल्दै ढाँटले यो जिम्मेवारीलाई आफूले प्रचार भन्दा पनि सहयोगको रुपमा लिएको बताए । आफूले जीवनमा अझै धेरै गर्न बाँकी रहेको भन्दै उनले आगामी बाटो सहज हुने विश्वास व्यक्त गरे ।  यो संस्था काठमाण्डौंस्थित एक अग्रणी विदेश अध्ययन सल्लाहकार संस्था हो । न्युजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो संस्था विशेष बन्दै आएको छ ।