भारतीय क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले बुधबार सानिया चन्दोकसँग इन्गेजमेन्ट गरेका छन्। सानिया मुम्बईका प्रख्यात व्यवसायी रवि घाइकी नातिनी हुन्।


इन्गेजमेन्ट समारोह निजी रूपमा आयोजना गरिएको थियो र दुवै परिवारका नजिकका साथी तथा सदस्यहरू मात्रै उपस्थित थिए।


२५ वर्षीय अर्जनु गोवाका लागि घरेलु क्रिकेट खेल्छन्। उनले पहिले मुम्बईको टोलीबाट खेल सुरु गरेका थिए र भारतको अन्डर–१९ टोलीमा पनि प्रतिनिधित्व गरेका छन्। उनले भारतीय प्रिमियर लिगमा मुम्बई इन्डियन्सको लागि पनि खेलिसकेका छन्।


सानिया चन्दोक व्यवसायी परिवारबाट आएकी हुन् र सार्वजनिक जीवनमा कम परिचित छिन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सानियाको परिवार भारतको प्रतिष्ठित व्यपारीक परिवार रहेको छ । हालसम्म दुवै परिवारले इन्गेजमेन्टबारे औपचारिक बयान दिएका छैनन्।