गायिका एलिना चौहान साङ्गीतिक प्रस्तुतिका लागि अमेरिका टुरमा छिन् । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रमका लागि उनी केही दिनअघि अमेरिका पुगेकी हुन् । कार्यक्रमको पहिलो प्रस्तुति उनले न्यूयोर्कमा दिएकी छन् ।
कार्यक्रममा उनलाई दर्शकहरूले डलरको वर्षा गरेका छन् । एलिनाको न्यूयोर्क कार्यक्रमको सामाजिक सञ्जालमा एउटा भिडियो पनि सार्वजनिक भएको छ ।
जसमा प्रस्तुति दिँदै गर्दा एलिनाको कानभरि डलर छ । स्टेजमा पनि दर्शकले डलर उडाएको देख्न सकिन्छ ।
‘अब हाँस्छ अमेरिका’ कार्यक्रममा गायक बद्री पगेनी र प्रताप दास तथा गायिका कला लम्सालले पनि प्रस्तुति दिएका थिए l
उनीहरुको अर्को कार्यक्रम मेरिल्याण्डको बाल्टिमोरमा आयोजना हुनेछ l