कमेडी रियालिटी शो ‘कमेडी दरबार’का कलाकार विकास अर्याललाई धम्की आएको छ । यो शोको पछिल्लो भागमा उनले पूर्व प्रधानमन्त्री प्रचण्डको नक्कल गरेका थिए । 


उनलाई कसले धम्कि दिएको हो त्यो भने खुलाएका छैनन्।  तर, विकासका अनुसार, भिडियोमा बोलिएका केही संवाद हटाउनका लागि उनलाई धम्की आएको हो । 


‘माग्ने राजा’को टिम पुगेको भागमा उनले प्रचण्डको नक्कल गर्दा बारम्बार धम्की आइरहेको बताएका छन् । साथमा उनले सामाजिक संजालबाट कमेडीलाई कमेडीकै रुपमा हेर्न पनि आग्रह गरेका छन् । 


उनले कमेडी गर्दै भनेका छन्–‘मलाई सामान्य नठान्नुहोस् के, म युद्ध मात्र लडेको होइन, चुनाव मात्र लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लडेको मान्छे हो ।’ यो भाग हटाउन उनलाई धम्की आइरहेको छ । यस्तै, उनलाई ‘यस्तो लुक्समा हिँडेपछि १७ हजार कसो नढाल्लिन् र’ भन्दै नायिका वर्षा सिवाकोटी पनि माओवादी जस्तै लाग्छ भनेका थिए । 


विकासले भने कमेडीलाई कमेडीकै रुपमा लिनका लागि फोन गर्नेहरूलाई आग्रह गर्ने गरेका छन् । दर्शकहरुलाई आफूहरूले केही समयका लागि मनोरञ्जन मात्र दिएको भन्दै विकासले यसलाई त्यसरी नै बुझ्नुपर्ने बताए ।