यशराज ब्यानरको निर्माणमा तयार भएको फिल्म ‘वार २’ले नेपालमा सुखद कमाई गरिरहेको छ । बिहिबारदेखि नेपाली हलमा लागेको यो फिल्मको व्यापार सुखद रहेको वितरण कम्पनीले जानकारी दिएको छ ।
मिश्रित प्रतिक्रियाका बाबजुद पनि नेपालमा यो फिल्मको व्यापारमा गिरावट आएको छैन । नेपालको वितरण कम्पनीले बक्स अफिस आँकडा भने सार्वजनिक गरेको छैन ।
भारतमा ‘वार २’ भन्दा ‘कुल्ली’ माथि देखिएपनि नेपालमा भने ‘वार २’को व्यापार माथि देखिएको छ ।
आयान मुखर्जीको निर्देशनमा तयार भएको यो फिल्ममा ऋतिक रोशन, कियारा आडवाणी र जुनियर एनटीआरको मुख्य भूमिका छ ।
आज आइतबार पनि फिल्मको शोजहरुमा दर्शकको अकुपेन्सी देखिएको छ । आज न त सार्वजनिक बिदा न त टिकट दर कम हुने दिन, तर पनि हलमा दर्शकको अकुपेन्सी सुखद छ । मंगलबारबाट फेरि दर्शकको चाप हलमा बढ्ने देखिएको छ ।