चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारी फिल्ममा डेब्यु गर्ने भएका छन्। नीता ढुंगानाले निर्देशन गर्ने फिल्म ‘पार्वती’ मा उनी सहायक निर्देशकका रूपमा अनुबन्धित भएका हुन्।


आइतबार निर्मात्री तथा निर्देशक ढुंगानासँग लिखित सम्झौता गर्दै सरोजले अभिनयभन्दा निर्देशन पक्षबाट सुरुवात गर्नुको कारण फिल्मलाई गहिरो रूपमा बुझ्ने चाहना रहेको बताए। “अझै ३–४ फिल्ममा असिस्ट गरेर सिक्न चाहन्छु,” उनले भने।



नीता ढुंगानाको अफरपछि उनले ‘कार्टुन्ज क्रू’को नेतृत्व अस्मा विश्वकर्मालाई जिम्मा दिँदै फिल्म क्षेत्रमा लाग्ने योजना बनाएका छन्। ‘कार्टुन्ज क्रू’ले यसअघि स्वास्थानी भर्सेस ग्याङ र द लास्ट ट्रिप जस्ता वेब सिरिज निर्माण गरिसकेको छ।


असोजदेखि छायांकन थाल्ने ‘पार्वती’ माघ १ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी छ। रक्षाबन्धनको अवसरमा सार्वजनिक टिजर पोस्टरमा नीता ढुंगाना फिचर्ड छिन्। सार्वजनिक टिजर पोस्टरमा नीता ढुंगाना फिचर्ड छिन्।