नायक राजेश हमालले कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटक ‘शिरीषको फूल’ हेरेका छन् । पत्नी मधु भट्टराईसहित पुगेका हमालले नाटक हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको कामको तारिफ गरे ।
७ वर्षपछि अभिनयमा कमब्याक गरेका नायक जीवन लुइँटेल अर्का नायक राजेश हमाल पुग्दा उत्साहित देखिए । हमालसँगै उनकी पत्नी मधु भट्टराई पनि कान्तिपुर थिएटर पुगेकी थिइन् ।
नाटक हेर्नका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक विकासराज आचार्य, कलाकार नीता ढुंगाना, कलाकार हरिहर अधिकारी, संजोग कोइराला पनि नाटक हेर्न पुगेका थिए ।
नायक राजेश हमालले कलाकार सनिषा भट्टराईको पनि कामको तारिफ गरे । उनले, हमालसँग फिल्म ‘नरसिंहाः अवतार’मा काम गरेकी थिइन् ।
नाटक हेरेपछि हमालले कलाकारसँग अन्तरक्रिया पनि गरेका थिए । साउनको ८ गतेबाट कान्तिपुर थिएटरमा मञ्चन भइरहेको यो नाटक साउनको २७ गतेसम्म चल्नेछ ।