आज शुक्रबारदेखि दुई नेपाली चलचित्रहरु ' सिटामोल' र 'मोहर' प्रदर्शनमा आएका छन् । राजबहादुर साने निर्देशित सोसल ड्रामा ‘सिटामोल’ सशष्त्र द्वन्द्वताकाका एक माओवादी लडाकु कमान्डर चन्द्रबहादुर बुढाको कथा हो । घाइते ऊ परिवारको खुसी र सुखको लागि संघर्ष गर्छ ।
१४२ मिनेट रनटाइमको यो फिल्मको शीर्ष भूमिकामा सौगात मल्लले अभिनय गरेका छन् । बेनिशा हमाल र लोकेन्द्र लेखकको पनि अभिनय छ । कर्णालीको सेटिङमा यो फिल्म बनेको हो ।
ओम प्रतीक निर्देशित फिल्म ‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह लगायतको शीर्ष भूमिका छ । सुदुरपश्चिमको देउकी प्रथाको कथा भन्ने फिल्मले महिला हिंसाविरुद्धको सन्देश दिन्छ ।
१३८ मिनेट रनटाइमको यो फिल्म सोसल ड्रामा र महिलाप्रधान चलचित्र रुचाउनेको लागि दर्शनीय हुनसक्छ ।






































