फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को बूकिङ देशभरका मुख्य मल्टिप्लेक्सहरुले खुलाएका छन् । केही हलले मंगलबार नै बूकिङ खुलाएका हुन् भने केही हलहरुले आजबाट बूकिङ खुलाएका छन् । 

यो फिल्मलाई एलाइट सिनेमा, इटहरीमा ४ शोज, बीग मुभिजमा २ शोज, क्यूएफएक्स छायाँमा २ शोज, आई एन आई सिनेमाज् लोत्सेमा ३ शोज, आइएनआई सिनेमाज् बानेश्वरमा ३ शोज, वान सिनेमाज् नयाँ बानेश्वरमा ४ शोज, वान सिनेमाज् कालिमाटीमा २ शोज मिलेको छ । 


यस्तै, फिल्मलाई एफक्यूब हलमा ३ शोज, क्यूएफएक्स राइजिङ मलमा १ शोज, बीएसआर मुभिज, गोङ्गबुमा ३ शोज, क्यूएफएक्स भक्तपुरमा २ शोज, क्यूएफएक्स ट्रेड मल पोखरामा ३ शोज, क्यूएफएक्स जलमाले २ शोज, क्यूएफएक्स सिजी मल चितवनमा २ शोज, कावासोती सिनेमाजमा ३ शोज, म्याङ्गो जन ज्योती पर्सामा २ शो, क्यूएफएक्स बुटवलमा २ शोज, क्यूएफएक्स एपेक्स मल दमौलीमा २ शोज, क्यूएफएक्स विराटनगरमा एक शो, क्यूएफएक्स विर्तामोडमा २ शोज, पाथीभरा सिने प्लाजा विर्तामोडमा २ शोज, एसटीसी सिनेमामा २ शोज, सीडीसी सिनेमाज सुनधारामा ४ शोज मिलेको छ । 


फिल्मलाई क्यूएफएक्स लाबिम मलमा २ शोज, क्यूएफएक्स सिभिल मलमा ३ शोज, क्यूएफएक्स दरबारमा १ शोज, क्यूएफएक्स सिटी स्वायरमा ३ शोज, क्यूएफएक्स बागेश्वरीमा २ शोज मिलेको छ । 


अझै थुप्रै मल्टिप्लेक्सले शोज खुलाउन बाँकी नै रहेकाले फिल्मले सुखद शोज पाउने देखिएको छ । 


ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय छ । फिल्म ‘मोहर’को गीतसंगीत र ट्रेलरले दर्शकको उच्च साथ पाइसकेका कारण पनि बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । फिल्मले देउकी प्रथाको कथा भन्छ । फिल्मका निर्माता चुम्बन जंग शाही हुन् ।