दशैंको फूलपातिबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’का कलाकारहरुको गेटअप सार्वजनिक गरिएको छ। निर्माणपक्षले बुधबार छायांकनमा रहेको यो चलचित्रको मुख्य पाँच कलाकारहरूको गेटअप सहितको तस्वीर सार्वजनिक गरेको हो।
सार्वजनिक तस्वीरमा नायक धिरज मगर, प्रकाश सपुत, कलाकार केदार प्रसाद घिमिरे, नायिका उपासना सिंह ठकुरी, नव–नायिका श्यामाश्री शेर्पा देखिएका छन् । यो तस्वीरमा सबै कलाकार निकै खुशी देखिन्छन्। गाउले परिवेश तस्वीरले झल्काएको छ।
यी पाँच कलाकारहरूको वरिपरी रहेर यो चलचित्र निर्माण गरिएको हो। रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्रको प्रचार प्रसारको काम पनि सुरु भइसकेको छ ।
निर्माता रोहित अधिकारीका अनुसार, दर्शकले अपेक्षा गरे अनुसार नै दशैंमा पारिवारिक चलचित्रको रुपमा ‘माइतीघर’ प्रदर्शन हुदैछ । दशैंमा दर्शकहरुले पारिवारिक चलचित्रमा बढी रुची राख्ने भएका कारणले गर्दा पनि 'माइतिघर'लाई दर्शैमा प्रदर्शन गर्न लागिएको हो।
चलचित्रलाई मिलन तामाङले निर्देशन गरेका हुन्। यता, ‘खुश्मा’पछि धिरज र उपासनाको चर्चा अझै चुलिएको छ । यी दुइलाई पर्दामा हेर्न दर्शक आतुर छन् । त्यस्तै, केदार प्रसाद घिमिरे, प्रकाश सपुतको उपस्थितिले चलचित्रलाई अझै मजबुत बनाउने अपेक्षा गर्न सकिन्छ।