गीतकार तथा गजलकार डा. तारानाथ घिमिरे 'धुर्कापानीु को नयाँ गीत 'दिनमा पनि, रातमा पनि' सार्वजनिक भएको छ ।
शनिबार काठमाडौँमा साहित्यकार डा. नवराज लम्साल, डा. विष्णु दाहाल, सङ्गीतकार राजु सिंहलगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
विष्णु अधिकारीको सङ्गीत र स्वर रहेको गीतमाथि डा। गीता त्रिपाठी, डा. विष्णु दाहालले बोलेका थिए । उनीहरूले गीत मार्मिक रहेको र गीतले दुस्खको कथा भनेको बताए । प्रेम, जीवन र प्रेमका दुखद् पक्ष गीतमा आएकाले मार्मिक बनेको वक्ताहरूको टिप्पणी थियो । गीतकार धुर्कापानीले नेपाली सुगम सङ्गीतमा केही गरौँ भन्ने हुटहुटीले गीत तयार पारेको सुनाए ।
प्रमुख अतिथि डा. नवराज लम्सालले नेपाली सुगम सङ्गीतको सुधार, परिष्कार र स्तरीयता आवश्यक रहेको बताउँदै धुर्कापानीको प्रस्तुत गीतको सफलताको कामना गरे । उनले गीतकारहरू छायामा पर्ने भन्दै दुःख पनि व्यक्त गरे ।