‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले लन्डन निवासी प्रलभ ढुंगानासँग शुक्रबार लगनगाँठो कस्न लागेकी हुन् ।
उनको विवाह समारोह मुलपानी चाबहिलको रोयल प्यालेसमा आयोजना गरिएको छ । विवाहमा साथीभाइ, परिवार र नजिकका आफन्तलाई निम्त्याइएको छ ।
प्रलभसँगको करिब ७ वर्ष लामो प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेको बताइन्छ । आश्माले वेभ सिरिज रङ टाइमबाट अभिनय थालेकी हुन् ।
त्यसपछि उनले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी थिइन् । उनको डेब्यु फिल्म ‘ड्रिम गर्ल’ हो ।