चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ । निर्माण टिमले आज सोमबारको दिन पारी सिनेमा ‘क का कि की’को थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माण बारे घोषणा गरेको हो ।

पोस्टर अनुसार सिनेमामा नेपाली सिनेमाका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ । यता, कमेडी दरबार टिमबाट टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायतको पनि विशेष भूमिका रहनेछ।

घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, सिनेमाको टाइटल र निर्माण टिमको जनरा अनुसार यो सिनेमापुर्ण कमेडी शैलिमा निर्माण हुनेछ । यो सिनेमाको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईंले संयुक्त रूपमा गर्नेछन्। यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो ।