काठमाडौं — राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा तयार पारिएका तीन नयाँ गीत यही साउन १६ गते एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिने भएको छ। होटल शंकरमा आयोजना हुने कार्यक्रममार्फत तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीतहरूको लोकार्पण गरिनेछ।

गायक तथा गीतकार कपिल कसपाल र समाजसेवी गायिका टुना थापाको आवाजमा रेकर्ड गरिएका यी गीतहरूको निर्माण सम्पन्न भइसकेको र गीत लोकार्पण कार्यक्रमको आयोजना गरिने जानकारी संस्थाकी अध्यक्ष पार्वती श्रेष्ठले दिइन्।

कपिल कसपालले यी तीनवटै गीतहरू आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ सिर्जना गरेको जनाएका छन्।

कार्यक्रममा गीतसँग सम्बन्धित सम्पूर्ण श्रष्टालाई सम्मान गरिनेछ भने संगीत क्षेत्रका विशिष्ट व्यक्तित्व, पत्रकार तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहनेछ।

यी गीतहरू चाँडै नै यूट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।