एकातिर बलिउडका खिलाडी कुमार छन् भने अर्कोतिर सैफ अली खान छन् । दुबैले आ–आफ्ना फिल्मको काम तिब्र गतिमा पूरा गरिरहेका छन् । 

 

योसँगै अक्षय कुमारका यो वर्ष अहिलेसम्म तीनवटा फिल्म रिलिज भएका छन् । तर, उनी अर्को फिल्म ल्याउने तयारीमा छन् ।


 यससँगै उनको खातामा रहेका सबै फिल्ममध्ये एउटा सैफ अली खानसँग पनि छ । दुवै १७ वर्षपछि सँगै काम गर्न लागेका हुन् । निर्देशक प्रियदर्शनको ‘ओप्पम’ रिमेकको सुटिङमा ठूलो अपडेट आएको छ । मलयालम फिल्म ‘ओप्पम’ सन् २०१६ मा रिलिज भएको थियो, यस्तो अवस्थामा उनी यसलाई हिन्दीमा रिमेक गर्न चाहन्थे । तर, यो फिल्मलाई फ्लोरमा ल्याउन ९ वर्षको लामो समय लाग्यो । तर अन्तिममा फिल्मको काम सुरु हुन लागेको हो ।


मिड डे रिपोर्टले अक्षय कुमार र सैफ अली खानबीच कडा टक्कर हुने खुलासा गरेको छ । साथै, दुवैको क्यारेक्टरलाई लिएर ठूलो खुलासा भएको छ ।

एउटा नयाँ रिपोर्टले यो फिल्ममा सैफ अली खानले देख्न नसक्ने केयरटेकरको भूमिका निर्वाह गर्ने बताइएको छ । उनी कलारिपायट्टुमा पनि विशेषज्ञ हुनेछन भने अर्कोतर्फ अक्षय कुमारलाई हत्याराको रुपमा देखाइने छ । जो आफ्नो परिवारको बदला लिन बाहिर छ। फिल्ममा वास्तविक माहोल दिन दुवै कलाकार जुँगा र कच्चा शैलीमा देखिने छन् । 

 

यसैबीच, फिल्ममा सर्वोच्च अदालतका सेवानिवृत्त प्रधानन्यायाधीश र उनकी छोरीको भूमिकाका लागि अहिलेसम्म कास्टिङ भइसकेको छैन । तर, मलयालम फिल्म गोविन्द विजयनले लेखेका थिए। जहाँ पटकथाको जिम्मेवारी प्रियदर्शनको थियो । यसै क्रममा उनले गत वर्ष नै फिल्मको स्क्रिप्ट र पटकथाको काम सुरु गरेका थिए । जुन अहिले पूर्णरुपमा तयार छ ।


दुईबीच धेरै लडाई र मार्शल आर्ट दृश्यहरू थपिएका छन्। अहिले अक्षय कुमार ब्ल्याक बेल्ट भएकाले मार्सल आर्टको तालिम लिएका छन् । त्यसैले उनलाई कडा प्रतिस्पर्धा दिन सैफ अली खान कलारिपायट्टुमा तालिम लिइरहेका छन् ।

 

वास्तवमा सैफ अली खानले २३ अगस्टबाट कोचीनमा सुटिङ सुरु गर्नेछन् । यस्तो अवस्थामा अक्षय कुमार पनि टोलीमा आउने छन् । त्यस पछि उनी केरलाको माउन्ट आबुको गाउँ वागामोन पनि जानेछन् । अन्ततः मुम्बईमा सुटिङ पूरा गर्नेछन्। यो अक्षय कुमार र सैफ अली खान बिच बिरालो मुसाको खेल हुने बताइएको छ । 


रोचक कुरा त यो छ कि उनी दुवै १७ वर्षपछि सँगै आउँदैछन् । उनीहरू पछिल्लो पटक सन् २००८ मा फिल्म ‘टशन’मा सँगै देखिएका थिए ।