सुयोग गुरुङले निर्देशन गरिरहेको फिल्म ‘जेरीः अन टप’को अन्तिम चरणको छायांकन सुरु भएको छ । गतबर्ष असोज महिनाबाट सुरु भएको फिल्मको छायांकन विभिन्न चरणमा अगाडि बढेको थियो ।
निर्माणपक्षले अन्तिम चरणको छायांकनका लागि १५ देखि २० दिन लाग्ने बताएको छ । यसपछि, फिल्मको प्रचारमा लाग्ने तयारी निर्माणपक्षको छ ।
वुझिएअनुसार, केही दिनमा नै फिल्मको फस्टलुक सार्वजनिक हुनेछ । यसअघि खिचिएका सम्पूर्ण दृश्यको सम्पादन र भीएफएक्सको काम सकिएको छ । तेस्रो चरणको काम सकिएपछि कलाकारहरूले डबिङ गर्नेछन् ।
फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरूको अभिनय छ ।
सरोज न्यौपानेको निर्माणमा रहेको यो फिल्मलाई असोजको ३१ गतेबाट रिलिजमा ल्याउने तयारी निर्माणपक्षले गरेको छ । फिल्मको धमाधम काम भएकाले निर्धारित मितिमा नै फिल्म रिलिज हुने बताइएको छ ।