निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘सुम्निमा’मा अनुप अनुबन्ध भएका हुन् ।


नकारात्मक भूमिकाका लागि परिचित अनुप यो फिल्ममा हिरो र भिलेनमध्ये कुन हुन्, त्यसबारे जानकारी गराइएको छैन । उनका अनुसार फिल्ममा उनले करिअरमा अहिलेसम्म नगरेको चरित्र निर्वाह गर्नेछन् । त्यसका लागि अहिले आफू तयारीमा जुटेको उनले बताए । उनी पछिल्लो पटक फिल्म ‘जार’मा देखिएका थिए ।


अनुपअघि फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन अनुबन्धित भइसकेका छन् । अन्य कलाकार चयनको काम अझै जारी रहेको निर्देशक चाम्सले बताए । गोर्खा फिल्म्सले चाम्स इन्टरटेन्मेन्टसँग निर्माणमा सहकार्य गरेको यो फिल्म विशुद्ध प्रेमकथामा बन्ने जनाइएको छ ।


राजीव थापाको लेखन रहेको फिल्मको छायांकन आगामी अगस्ट अर्थात् भदौबाट लण्डन र नेपालमा हुनेछ । निर्देशक चाम्सका अनुसार ‘यूनिभर्सल’ कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राख्दै ‘सुम्निमा’ बनाइनेछ । उनको यो ११ औं निर्देशकीय फिल्म हुनेछ । उनी निर्देशित पछिल्लो फिल्म ‘अञ्जिला’ (बायोपिक) सुपरहिट भएको थियो ।