उपेन्द्र सुब्बाको लेखन रहेको फिल्म ‘रिमै’को टिजर आज सार्वजनिक गरिएको छ । यो फिल्म यसअघि भदौको २७ गतेबाट रिलिज गर्ने तयारी गरेपनि अब एक साता अगाडि सारिएको हो ।
सार्वजनिक फिल्मको टिजरमा रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा देखाइएको छ । टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको छ । फिल्ममा नायक दयाहाङ राई गम्भीर भूमिकामा देखिएका छन् भने रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय र रमाइलो चरित्र र वुद्दि तामाङको अभिनयमा गहिराइ छ ।
फिल्मको छायांकन र संवादले समाजको गहिरो यथार्थतलाई देखाउँछ । वीरबल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दान बहादुर घले छन् । फिल्ममा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा छन् । यो फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन छ ।
भदौको २० गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा शैलेन्द्रध्जव कार्कीको छायांकन छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डीबी गुरुङ लगायतका कलाकारहरूको अभिनय छ ।