नेपालमा पछिल्लो केही दिनयता विभिन्न मन्त्रीहरुको घुस प्रकरण सार्वजनिक भइरहेको छ । मन्त्रीहरुले घुस लिदै गरेको अडियो टेप नै सार्वजनिक भएपछि यो चर्चाको विषय बनेको छ । हरेक दिनजसो यस्ता प्रकरण सार्वजनिक हुँदा सरकारको काम कारवाहीमा नै प्रश्न उठेको छ ।
यसैबिच, कलाकार दीपकराज गिरीले मन्त्रीहरुलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्ने भन्दै व्यङ्ग्य कसेका छन् ।
दीपक लेख्छन्–‘लौ न मन्त्रीहरुलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो । घुस खान पो रोक्न सकिन्न त समाचार त रोक्नु पर्यो नि । भोलि मन्त्री खाने मान्छे नपाइएला ।’
दीपकले घुस खाने तरिका नै मन्त्रीहरुले नजानेको भन्दै व्यङ्ग्य कसेका हुन् । हरेक दिन कुनै न कुनै मन्त्रीको घुस प्रकरण बाहिर आउँदा सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।