काठमाडौं – साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।
नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।
बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो।
सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।