हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्म ‘जनै हराएको मान्छे’को एक गीतको छायांकनका क्रममा गायक थानेश्वर गौतम बेहोस भएका छन् । उनी, बेहोस भएपछि केही समय फिल्मको छायांकन पनि अवरुद्ध भएको थियो । 


पानी पिलाएपछि उनि दश मिनेटपछि मात्र होसमा आएका थिए । गायक थापाले गीत गाएको दृश्य खिच्दै गर्दा उनी अचानक हार्मोनियममाथि बेहोस भएका थिए ।


त्यसपछि छायांकन सेटको माहोल नै बदलिएको थियो । उनलाई स्टेजबाट तल झारेर सुताइयो र पानी खुवाइएको थियो ।


गीतले आमाको मायाको कथा बोल्छ । उक्त गीत गाउँदा आफू भावनामा बगेको र मानसिक रुपमा नै विक्षिप्त भएको थानेश्वरको भनाई छ ।


फिल्मका एसोसियट निर्देशक मनिष राउतका अनुसार, गीतको भावमा डुबेपछि थानेश्वर बेहोस भएका हुन् ।


उनको शरीरमा पानीको अभाव भएकाले गर्दा यस्तो भएको वुझिएको छ ।  यो फिल्म भदौको ६ गतेबाट रिलिजमा आउँदैछ । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी लगायतका कलाकारहरुको अभिनय छ ।