काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुक्रबार दिउँसो २ बजे कार्यपालिका बैठक आह्वान गरेका छन्। बैठकअघि दिउँसो १२ बजे बजेट स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बस्ने मेयर सचिवालयले जनाएको छ।

महानगरले कार्यपालिका बैठकमार्फत नगर सभाको मिति तय गरी असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ।