गायक दुर्गेश थापा र भ्लगर तथा निर्देशक सिसन बानियाँले सार्वजनिक गरेको नयाँ गीत ‘जाने भए जाम माया’ले सार्वजनिक भएसँगै दर्शकको आक्रामक साथ पाइरहेको छ । सार्वजनिक भएको १८ घण्टामै १५ लाख बढी भ्यूज पाएको यो गीतले युट्युबको ट्रेन्डिङमा समेत परिसकेको छ । २४ घन्टा नबित्दै यो गीतले भ्यूजमा नयाँ रेकर्ड बनाइसकेको छ । 


दुर्गेश थापाको शब्द तथा संगीतमा तयार भएको यो गीत सार्वजनिक भएसँगै टिकटक बनाउनेहरूको संख्या पनि ह्वात्तै बढेको छ । 


यो गीतमा दुर्गेश र सिसनसँगै गुराँस नानीको पनि अभिनय छ । भिडियोमा उनलाई सिसनले माया गरेको देखाइएको छ । तर, अन्तिममा गुराँस नानीलाई अर्कैले लैजाँदा सिसन रोएका छन् । 


शिव वीकेले कोरियोग्राफी तथा निर्देशन गरेको यो भिडियोमा मिलन विश्वकर्माको सम्पादन, हरि हुमागाँइको डीओपी छ । भिडियोमा लासो पेमा, अलहाजी गेरोको पनि अभिनय हेर्न सकिन्छ । 


दुर्गेशको ‘दुश्मन हेरेको हेरै’ले बजारमा चर्चा पाइरहेको समयमा यो गीतले पनि आक्रामक रुपमा दर्शकको साथ पाइरहेको छ ।