दीपक वलीको निर्देशनमा महेश दवाडीको लेखन रहने फिल्म ‘भाइटीका’ घोषणा भएसँगै चर्चामा छ । रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको यो फिल्ममा नायक विपिन कार्की अनुबन्धित भइसकेका छन् ।
अब, फिल्ममा नायिका रेखा थापाको इन्ट्री भएको छ । निर्माणपक्षले रेखासँग कागजी संझौता गरिसकेको छ । तर, अहिलेसम्म औपचारिक रुपमा निर्माण टिमले कलाकारहरूको बारेमा केही पनि बोलेको छैन ।
वुझिएअनुसार, फिल्ममा रेखा विपिनकी बहिनीको भूमिकामा देखिदैछन् । २० वर्षसम्म भाइटीका लगाउन नपाएका दाजु र बहिनीको कथामा यो फिल्म बन्न लागेको वुझिएको छ ।
फिल्म ‘भाइटिका’मा नायक धिरज मगरको पनि प्रवेश भएको वुझिएको छ । धिरजको भूमिका के हो भन्ने विषयमा केही पनि खुलाइएको छैन ।
अझै, फिल्ममा एक नायक र एक नायिका फाइनल गर्न बाँकी रहेको वुझिएको छ । फिल्मलाई यो वर्ष नै छायांकन गरिनेछ । फिल्मलाई भने आउँदो वर्षको तिहारमा रिलिज गर्ने योजना निर्माणपक्षको छ ।
रोहित हाल फिल्म ‘माइतीघर’को डबिङमा व्यस्त छन् । यो फिल्मलाई दशैंको फूलपातीमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।