चलचित्र ‘बाकस’ निर्माणको घोषणा गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर विहिबार यो चलचित्रको औपचारिक निर्माणको घोषणा गरिएको हो।
नवीन पन्तले निर्देशन गर्ने यो चलचित्रले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेशलाई प्रस्तुत गर्ने छ। यो चलचित्रको पटकथा निर्देशक पन्तले नै लेखेका छन् ।
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । नेपाल र विदेशमा छायांकन गर्ने यो चलचित्रको कलाकार र प्राविधिक छनोटको कार्य बाँकी रहेको निर्देशक पन्तले बताए।
तिहारपछि छायांकन सुरु हुने तयारीमा रहेको यो चलचित्रमा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत हुनेछन् । चलचित्रलाई २०८३ सालमा प्रदर्शन गर्ने निर्माणपक्षले बताएको छ।