‘जदौ’ फिल्ममा कलाकारको लाइनअप बलियो हुँदै गएको छ । निर्माण टिमले हालै अभिनेत्री ऋचा शर्मालाई एक प्रमुख भूमिकामा अनुबन्धन गरेको छ।


यो फिल्ममा मुकुन भुसालपछि केही दिन अघि नीति शाह अनुबन्धीत भसकेका छन । केही प्रमुख कलाकार अझै बाँकि रहेको बताइएको छ ।


काजी लिम्बूको लेखन रहेको फिल्म `जदौ´ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ। फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् । 


बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट हुनेछ । फिल्ममा ऋचा अहिलेसम्मकै फरक चरित्रमा देखिने बताइन्छ ।