चलचित्र ‘एक्लो’को फस्टलुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन महिना घोषणा गरिएको छ । निर्माणपक्षले आइतबार यो चलचित्रको फस्टलुक भिडियो सार्वजनिक गर्दै आगामी पुष महिना अर्थात क्रिसमसको अवसर पारेर प्रदर्शनमा आउने जनाएको हो। तर, चलचित्रको रिलिज डेट भने अझै तोकिएको छैन्।
प्रदीप शाहीको निर्देशनमा वैज्ञानिक कल्पनामा आधारित रहेर निर्माण गरिएको चलचित्रको पोष्ट प्रोडक्सनको काम अहिले बेलायतमा भइरहेको छ । नेपालको पहिलो साइफाइभनिएको यो चलचित्रको निर्मातामा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, सुशीला वादी, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।
बाबु श्रेष्ठले छायांकन गरेको यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठको साथमा बाल–कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय छ । साथमा बेलायती कलाकार जेमी बेकनको पनि अभिनय छ ।