रोशन दासको निर्देशनमा तयार भइरहेको फिल्म ‘प्रतिवैरम’मा समावेश एक आइटम गीतको छायांकन सकिएको छ ।यो गीतको छायांकन चलचित्र विकास कम्पनीमा भव्य सेट लगाएर गरिएको हो।  गीतको छायांकन दुई दिन लगाएर गरिएको निर्माणपक्षले जनाएको छ। 


मधेसको वास्तविक सौन्दर्य देखाउने यो फिल्मको आइटम गीतमा नायिका प्रियंका कार्कीले नृत्य गरेकी छिन् । फिल्मले मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु–बहिनीको भावनात्मक कथालाई पनि प्रस्तुत गर्नेछ । 


रेज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भइरहेको फिल्ममा किङ्स वाइटी स्टुडियो र श्रीयन इन्टरटेन्मेन्टको सहकार्य छ । फिल्ममा रोशन दासको  कथा, युवराज भट्टराईको पटकथा छ । यो फिल्ममा सम्राट दास, प्रियंका कार्की, रमेश वुढाथोकी, नविन श्रेष्ठ, आलिसा बास्तोला, वीरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोनी यादव लगायतका कलाकारहरूको अभिनय छ । 


छायांकन भएको आइटम गीतमा मनिष अधिकारीको संगीत, रोशन दासको शब्द र रीतिका श्रेष्ठको स्वर छ । नितेश घतानले गीतको भिडियो खिचेका हुन् । 


फिल्मको आधा भन्दा बढी दृश्यको छायांकन सकिएको छ भने बाँकी छायांकन बर्खाको मौसम सकिएपछि गरिनेछ ।