निर्माता रोहित अधिकारीको निर्माण रहने फिल्म 'भाइटिका’मा नायक विपिन कार्की अनुबन्धित भएका छन् । आधिकारिक रुपमा निर्माणपक्षले केहि नबताएको भएपनि विपिन र निर्माणपक्षबिच कागजी संझौता भइसकेको छ।
दीपक वलीको कथा तथा निर्देशनमा तयार हुन लागेको फिल्ममा विपिनले सेयरमा काम गर्ने बुझिएको छ । फिल्मको कथावस्तु निकै मनपरेपछि उनले सेयरमा काम गर्ने बुझिएको छ।
फिल्म ‘ऊनको स्विटर’ सुपरहिट भएपछि नायक कार्कीको माग बजारमा बढेको छ । तर, उनले नाम चलेका केही निर्देशकको फिल्मलाई समेत अस्विकार गरिसकेका छन् । विपिनले यो वर्ष फिल्म ‘भाइटीका र काजी’को मात्र छायांकन गर्नेछन् ।
फिल्ममा महेश दवाडीको लेखन, शम्भुजित बास्कोटाको संगीत रहनेछ । फिल्मको बारेमा अरु केही पनि बताइएको छैन । यो फिल्मलाई आउँदो वर्षको तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
निर्माता अधिकारीले नै बनाएको फिल्म ‘माइतीघर’ यो वर्षको दशैंको फूलपातिबाट रिलिजमा आउँदैछ ।