चलचित्र ‘ऐरी’को अहिले धमाधम ढोरपाटनमा छायांकन भैइरहेको छ। यो चलचित्र छायांकनका क्रममा नायक सोनम तोप्देनको देब्रे खुट्टा भाँचिएको छ । छायांकन सेटमा यस्तो घटना घटेपछि सोनमलाई हेलिकप्टरबाट पोखरा ल्याइएको थियो ।
छायांकनमै रहेका कारण सोनमको खुट्टा नै भाँचिएपछि उनको दृश्यको छायांकन अनिश्चित बनेको छ । किनकि, सोनामले अब, एक महिना भन्दा लामो समय घरमा नै रहेर आराम गर्नुपर्ने हुन्छ । त्यसैले उनको दृश्यको छायांकन अब कहिले हुन्छ भन्ने कुरा निश्चित नभएको निर्माणपक्षले बताएको छ।
करिब एकसाता पहिले नै घाइते भएका नायक सोनामको अहिले पोखरामा रहेको चरक अस्पतालमा उपचार भइरहेको छ । नायक प्रदीप खड्कासँग एक्सनको दृश्य गर्ने क्रममा उनको खुट्टा भाँचिएको हो । प्रदीपले रुखबाट हाफ फालेर सोनमसँग फाइट खेल्नुपर्ने दृश्य थियो । सो दृश्य खिच्ने क्रममा प्रदीपको खुट्टा सोनमको खुट्टामा ठोकिएको थियो ।
यो चलचित्रमा नायक धिरज मगरको पनि अभिनय रहनेछ । यो फिल्मलाई जीवन थापाले निर्देशन गरिरहेका छन्।