• गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार
गुप्तचर खबर
  • गृहपृष्ठ
  • समाचार
    • विदेश
    • जीवनशैली
    • विचार
    • राशिफल
  • राजनीति
  • आर्थिक
  • समाज
  • खेलकुद
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • अपराध
  • प्रविधि
  • कृषि
  • थप
    • फोटोफिचर
    • भिडियो
    • पत्रपत्रिका
    • धर्म/संस्कृति
    • बजार

चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

127 Shares
alt
  • असार ९, २०८२
  • गुप्तचर खबर सम्वाददाता

राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै सञ्चारमन्त्री सुब्बाले विक्रम संवत् २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी समावेशी एवम् सङ्घीय संरचना र नयाँ प्रविधिअनुरूप बनाउन नयाँ चलचित्रसम्बन्धी विधेयक तर्जुमा गर्न लागिएको बताए । चलचित्र क्षेत्रलाई अर्थतन्त्र जोड्नका लागि पनि सहज र समय सुहाउँदो कानुन आवश्यक पर्ने उनले उल्लेख गरे ।

त्यस्तै, चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगका रूपमा विकास गर्न, चलचित्रमार्फत देशलाई पर्यटन गन्तव्यका रूपमा अगाडि बढाउन नयाँ व्यवस्था आवश्यक रहेकाले यो विधेयक ल्याइएको उनको भनाइ छ ।

स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन अघि जाँच गर्ने व्यवस्था मिलाउने तथा चलचित्र क्षेत्रको विकास, विस्तार, नियमन र प्रवर्द्धनका लागि नयाँ कानुन आवश्यक पर्ने भएकाले यो विधेयक ल्याइएको सञ्चारमन्त्री गुरुङले बताए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसद डा अन्जान शाक्यले विद्यमान ऐनमा राखिएका व्यवस्थाहरू समयानुकूल नरहेकाले त्यसलाई संशोधन गर्न आवश्यक रहेको बताए । विधेयकले बक्स अफिसको प्रभावकारी कार्यान्वयन गर्ने, चलचित्र क्षेत्रका कामदारको हकअधिकार संरक्षणजस्ता विषयलाई समेटेको शाक्यले बताए ।

अर्का सांसद तारामान स्वारले विधेयकमा राखिएका कलाकार र प्राविधिकको पारिश्रमिक, सामाजिक सुरक्षा, सेन्सरसिपजस्ता विषयको परिभाषा स्पष्टता आवश्यक पर्ने बताए । विभिन्न सरोकारवाला व्यक्ति तथा निकायसँग छलफल गरी विधेयकलाई थप परिस्कृत पारिनुपर्नेमा उहाँले जोड दिए ।

सांसद गोपाल भट्टराईले पुरानो कानुनी व्यवस्थाले अहिलेको डिजिटल युगमा काम गर्न असहज हुने भएकाले तथा सङ्घीयता कार्यान्वयन पछि अधिकार क्षेत्रको बाँडफाँट स्पष्ट पार्नका लागि नयाँ कानुन आवश्यक पर्ने बताए ।

आजको छलफलका क्रममा सांसदहरू राधेश्याम पासवान, किरणबाबु श्रेष्ठ, श्रीकृष्णप्रसाद अधिकारी, मदनकुमारी शाह (गरिमा), भुवनबहादुर सुनार, शारदादेवी भट्ट, विष्णुबहादुर विश्वकर्मा, पदमबहादुर परियार, रेणु चन्द, सुमित्रा बिसी, गोपीबहादुर सार्की आछामी, भगवती न्यौपानेलगायतले विधेयकको सैद्धान्तिक पक्षमाथि आफ्नो धारणा राखेका थिए ।

चलचित्रसम्बन्धी नयाँ कानुन बनाई कार्यान्वयन भएपश्चात् विभिन्न उपलब्धि हासिल हुने विधेयकमा उल्लेख छ । यो कानुन बनेपछि चलचित्र विकास बोर्ड एक स्वायत्त र अधिकार सम्पन्न संस्था हुने, चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई थप व्यवस्थित गर्न सकिने, चलचित्रसम्बन्धी नियमन गर्न सहज हुने, जवाफदेहिता वृद्धि हुनेलगायत सुधारको अपेक्षा गरिएको छ ।

त्यस्तै, नेपाली चलचित्रलाई उद्योगका रूपमा विकास गर्न मद्दत पुग्ने, राष्ट्रिय चलचित्र क्षेत्रलाई सिर्जनशील, सांस्कृतिक र मनोरञ्जन उद्योगका रूपमा विकास, विस्तार र संवद्र्धन गर्न मद्दत पुग्ने, चलचित्र वितरण र प्रदर्शनमा बक्स अफिस प्रणालीको प्रभावकारिता वृद्धि हुने, श्रमजीवी चलचित्रकर्मीहरूको हकहित संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मातृभाषाका बौद्धिक, कलात्मक, आदिवासी जनजाति चलचित्रको निर्माण, प्रदर्शन र यसको अन्तरराष्ट्रियकरणमा सहयोग र यसको संरक्षण गर्नका लागि पनि नयाँ कानुन आवश्यक ठानिएको छ । विधेयकका व्यवस्था कानुन बनेर आउँदा स्वदेशी चलचित्रको बजार विस्तार र अन्तरराष्ट्रियकरण गर्न सहयोग पुग्ने, चलचित्र क्षेत्रमा नयाँ प्रविधिको उपयोग हुने, चलचित्र विकास बोर्डको स्रोत वृद्धि एवं आयको दायरा फराकिलो हुनेलगायत सुधारको अपेक्षा गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चारमन्त्री गुरुङले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार १२ गते बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

  • Janahit Ma Jaari - Kachankawal
सम्बन्धित समाचार
‘सुम्निमा’ मा अडिसनबाट चयन भए स्प्लिट्सभिल्लाका अनिकेत पाख्रिन ‘सुम्निमा’ मा अडिसनबाट चयन भए स्प्लिट्सभिल्लाका अनिकेत पाख्रिन
फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध
तीजको रौनकसहित ‘राग रागिनी’बाट तीन गीत सार्वजनिक हुँदै तीजको रौनकसहित ‘राग रागिनी’बाट तीन गीत सार्वजनिक हुँदै
 ‘अभिमन्यु : च्याप्टर १’का पोस्टरमा खुसी र तनाव ‘अभिमन्यु : च्याप्टर १’का पोस्टरमा खुसी र तनाव
कुलमान घिसिङलाई ’ग्लोबल हिरो अवार्ड’ कुलमान घिसिङलाई ’ग्लोबल हिरो अवार्ड’
१७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा १७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा
राजामैली ‘एसएसएमबी २९’काे हैदारावादको सुटिङ सकियाे, अब तान्जानियामा राजामैली ‘एसएसएमबी २९’काे हैदारावादको सुटिङ सकियाे, अब तान्जानियामा
कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले
‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक
  • Sundar Safa Sahar Birtamode Nagar - Btm Nagarpalik
  • भर्खरै
  • लाेकप्रिय
आज नागपञ्चमी, नागको पूजाआराधना गरी मनाइँदै
कस्तो रहनेछ आजको मौसम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल साउन १३ गते मङ्गलबारको राशिफल
हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी
संसदीय दलको नेतामा पुनः चयन हुनेछु : लामा
धरानमा युवकको मृत्युपछि प्रहरीमाथि कुटपिटको आरोप, अनुसन्धानको माग
थाइल्याण्डको राजधानी बैंककमा गोलीकाण्ड, ६ को मृत्यु
माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सिंहदरबारमा
एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता भएपछि खोजी कार्य तिव्र
यातायात कार्यालय झापाबाट एक अर्बभन्दा बढी राजस्व सङ्कलन
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई तीर्थालुको शव फेला
दाङमा सर्पको टोकाइबाट प्रधानाध्यापकको मृत्यु
वैदेशिक रोजगारीको झुटो प्रलोभनमा ठगी, तीन जना पक्राउ
‘सुम्निमा’ मा अडिसनबाट चयन भए स्प्लिट्सभिल्लाका अनिकेत पाख्रिन
युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर
नयाँ व्यवस्थालाई एजेण्डा बनाएर नयाँ दल आयो
अपडेट : देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिद्धारा अस्विकार
 एक युवकलाई नाङ्गेझार पारेर लुट्ने धराने युवती प्रिया गुरुङ सहित ९ जना पक्राउ    
झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला
कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)
गिरीबन्धु टि स्टेटको जग्गा यथास्थितिमा नै राख्नु : सर्वोच्च अदालत
सुपारीको जालोमा फस्यो एमाले : गृह जिल्लाका सांसद नै ओलीको विपक्षमा
बिर्तामोड युट्युब काण्ड अपडेट : युट्युबर खगेन्द्र घिमिरेसहित तीन जना पक्राउ
बुद्धशान्तिका पौडेल चारआली जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला
एमालेका ६ सांसदले साथ छाडेपनि पुग्यो देउवाको बहुमत
सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया
सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु
यसरी गराै‌ दाँतकाे सुरक्षा
राजावास क्षेत्रमा कोशीमा २१ अर्ब ७४ लगानीमा पुल बनाउने तयारी
  • Birtamode Nagarpalika - Janahitma Jaaari
  • Lamkhutte - Birtamode Nagarpalika
guptacharkhabar
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • Koshi Province, Nepal
  • Phone: 9852655454/9814072385
  • Email: [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा
  • Website By : Hash Tech Logic
  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली

Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.