गायक दिप गुरुङ र स्वरूप राज आचार्यको स्वर रहेको ‘गाउँ बस्ती सुनसान’ गीत सार्वजनिक गरिएको छ ।दुर्गालाल श्रेष्ठको शब्द रहेको गीतले गाउँले जीवनशैली र अहिलेको यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
गीतमा सुरज पण्डितको सङ्गीत र विष्णु तामाङको एरेन्ज रहेको छ । दिप फिल्मस्को प्रस्तुतिमा निर्माण भएको गीत गायक दिप गुरुङकै युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
गीतले गाउँघर सुन्यपारेर युवा विदेश लागेपछिको समस्या बोलेको छ ।