निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्म ‘झिंगे दाउ २’ मा नायिका केकी अधिकारीले साइन गरेकी छिन् । केकीसँग आज फिल्मको निर्माणपक्षले कागजी संझौता गरेको हो । 

केकीले यसअघि पनि फिल्म ‘झिंगे दाउ’मा मुख्य भूमिकामा काम गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा हिट भएको थियो । यसका लागि फिल्मको लोकेशन हेर्ने काम पनि अगाडि बढेको छ । 

‘झिंगे दाउ’को सिक्वेल कथा भएका कारण पनि ‘झिंगे दाउ २’मा अघिल्लो श्रृङ्खलाका अधिकांश कलाकार दोहोरिनेछन् । यसका साथमा अन्य केही नयाँ कलाकार अनुबन्धित गर्ने तयारी निर्माणपक्षको छ । 

‘झिंगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, संगम भण्डारी, हिउँवाला गौतम, अंशु महर्जन लगायतका कलाकारहरूको अभिनय थियो । 

यसपटक फिल्मको कथा कुन शैलीमा अगाडि बढ्छ भन्ने चासो सबैलाई छ । अघिल्लो सिरिज हिट भएका कारण पनि निर्देशक तथा निर्माता देउजालाई दर्शकको स्वाद अनुसारको कथा बुन्नु पर्ने दबाब छ ।