मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ जिम्मेवारी पाउन सकिन्छ, तर धैर्य गर्नुहोला। खर्चमा नियन्त्रण राख्नुहोस्। सामाजिक कार्य लाभदायक रहन्छ।पारिवारिक भेटघाटमा रमाइनेछ। आफन्त र साथीभाइले सहयोग एवं हौसला प्रदान गर्नेछन्। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा ढिलाइ सम्भावित छ। आफ्नैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि प्रयास दोहोर्याउनुहोस्। यात्रा हुनसक्छ। स्वास्थ्यमा बाधा आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। साँझमा सफल यात्राको योग छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर खोज्ने समय हो। दीर्घकालीन फाइदा हुने योजना बन्न सक्छ। दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ।रमणीय, सुखद र धार्मिक यात्राको योग छ। धनार्जनका नयाँ स्रोत भेटिनेछन्। मायाप्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कामबाट राम्रै सफलता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामले नाम र लाभ दिलाउनेछ। प्रतीक्षित अवसरहरू प्राप्त हुनेछन्। अध्ययनमा राम्रो प्रगति हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। चिताएको कामले तीव्रता लिनेछ। अधुरा काम पुनः प्रारम्भ हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान र शिक्षामा सन्तोषजनक नतिजा पाइनेछ।घुमघामको अवसर मिल्नेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। धार्मिक, सांस्कृतिक, दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। केही नयाँ सामान खरिद गरिएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विवादको सम्भावना छ, सतर्क रहनुहोस्। स्वास्थ्य कमजोर हुन सक्छ। पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्न सक्छ। कार्य सम्पादनमा समस्या आउला। अध्ययनमा पनि त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेमीको भरपुर साथ पाइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर मिल्नेछ। रोकिएको काम बन्नेछ। आम्दानी बढ्नेछ। व्यापार र साझेदारी फाइदाजनक हुनेछ।रमाइलो यात्राको योग छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। धर्मकर्ममा रुचि बढ्ला। शुभकार्यको चर्चा चल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवले दिल खोलेर सहयोग गर्नेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आर्थिक खर्च बढ्नेछ। सहयोगीहरू टाढिन सक्छन्, सजग रहनुहोस्। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीका बीच लक्ष्य हासिल गर्न सकिनेछ। समस्या समाधान हुनेछ। सफलता हात लाग्नेछ। आँटे-ताकेको पूरा हुनेछ। अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा सुस्तता आउन सक्छ। मेहनत दोहोर्याउनु आवश्यक छ। अध्ययनमा कम सफलता, तर व्यापारमा सुधार सम्भव छ। गर्दै नगरेको काम बिगारेको आरोप खेप्नुपर्ने सम्भावना छ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। यात्रामा सावधानी अपनाउनु होला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि भने समय उत्तम छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उत्साहपूर्ण दिन रहनेछ। नयाँ साथीहरू भेटिनेछन्। प्रेम र यात्रामा शुभ संकेत छन्। रमणीय र सुखद यात्राको योग छ। मनमा सेवा र सहयोग भाव आउला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। आहार विहारप्रति सजग रहनु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा सुधार हुनेछ। जागिरेहरूलाई पद प्रतिष्ठा मिल्नेछ। विद्यार्थी र प्रेम सम्बन्धका लागि अनुकूल समय छ।महत्त्वपूर्ण कार्यमा प्रगति हुने देखिन्छ। रोकिएका काम प्रारम्भ हुनेछन्। बुद्धिको विकास हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ।