IMG-20241014-WA0000(1) 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सम्पत्ति आर्जनको अवसर मिल्नेछ। साथीभाइको सहयोग पाइनेछ।लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। नयाँ र शुभ कार्यको योग छ। राजनीतिक तथा सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बोल्ने क्रममा विचार पुर्याउनुहोस्। मित्र टाढिन सक्छन्, सचेत रहनुहोस्।बोलीको विपरीत अर्थ लाग्न सक्छ। घरपरिवारमा झैझमेलाको अवस्था आउला। खर्च बढ्नेछ। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वाद लिएर काम निस्कनु राम्रो हुनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक लाभ हुनेछ। शिक्षामा गरेको मेहनत सफल हुनेछ। कामलाई निरन्तरता दिन आवश्यक छ।लामो दूरीको लाभदायक यात्रा हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेमीले सहयोग गर्नेछन्। सन्तान सुख मिल्ला। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा सुधार आउनेछ। मानसिक शान्ति बढ्नेछ। प्रेम र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।सजिलै अरूको विश्वास जित्न सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ला। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। व्यापारिक वा दैनिक काम सन्तोषजनक ढंगले अघि बढ्नेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

योजनामा अवरोध आउन सक्छ। दृढताले सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुन सक्छ।धर्मप्रति आस्था बढ्नेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुने छन्। यो महिना धेरै सकारात्मक महिना रहेको छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। साँझमा भने तनाव बढेको महसुस हुनेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोगबाट मुक्ति मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। साथीबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न रहला। महत्त्वाकाङ्क्षा बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। रचनात्मक कार्यको योजना बन्नेछ। रोकिएको काम पुनः सुचारु हुनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोल्दा विचार पुर्याउनुहोस्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। शिक्षामा उन्नति हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। व्यर्थको सास्ती खेप्नु पर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन। बजार घुम्ने अवसर मिल्नेछ। सेयर बजारले साथ दिनेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ रोगको जोखिम छ। खानपानमा ध्यान दिनुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोस्। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिश्रमको फाइदा आफन्तले उठाउन सक्छन्। शिक्षामा लगानी लाभदायक हुनेछ। निरन्तर प्रयास गर्नुपर्छ। कला र गलाको प्रभाव बढ्दै जानेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। सामाजिक कार्य अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

झुटा आरोप लाग्न सक्छ। खर्च बढ्ने सम्भावना छ। खानपानमा ध्यान दिनुहोस्। तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ। सेवामूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आकस्मिक धनलाभ हुनेछ। अरूको भलाइका लागि दौडधुप गर्नु पर्ला।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक क्षेत्रमा उचाइ हासिल हुनेछ। ईर्ष्यालुहरू सक्रिय रहनेछन्, विवेकपूर्वक निर्णय लिनुहोस्। दिन भाग्यशाली भएर देखा पर्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दाम्पत्य जीवन सुखद रहनेछ। खर्च बढ्ने संकेत छ, सचेत रहनुहोस्। स्वदेशी लगानी लाभदायक हुनेछ। शुभकार्यमा सरिक भइएला। सेयर बजारबाट राम्रै सफलता मिल्नेछ। मध्य दिनपछि मनमा उत्साह र उमङ्गको कमी देखिनेछ। शत्रुको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला।