अन्तरजातीय प्रेमकथामा निर्माण हुने `जदौ´ फिल्ममा अभिनेता मुकुन भुसालको `इन्ट्री´ भएको छ । काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछ्न, त्यो भने सस्पेन्स नै राखिएको छ ।

भदौबाट सुटिङ थालिने `जदौ´ को प्रमुख अभिनेत्रीमा केही दिन अघि साम्राज्ञी आरएल शाह अनुबन्धीत भइसकेकी छिन भने अन्य कलाकार-प्राबिधीक बारे छिट्टै टुंगो लगाइने छ । कलाकारको लाइनअप बलियो बन्दै गइरहेको फिल्ममा मुकुनसंगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धीत गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

सिल्भर स्क्रीन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ती तामाङ्ग छन । श्याम तामाङले खिच्ने फिल्मका गीतमा बाबुल गिरीको संगीत अनि बुद्दी माझीको निर्माण ब्यबस्थापन रहने छ । फिल्म निर्माण सम्पन्न गरि ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रीनकी प्रबन्धक निर्देशक बिमला भन्डारीले दिएकी छिन ।