असारको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक गरिएको छ । फिल्मको पोस्टर र एउटा गीतपछि यसको टिमले टिजर रिलिज गरेको हो ।

सार्वजनिक टिजरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँग नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गरिएको छ । फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुष समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी लगायतका कलाकारहरूको अभिनय छ ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो फिल्ममा मित्र प्रधान प्रस्तुतकर्ता र जान बहादुर प्रधानको लगानी छ । मित्र प्रधानको निर्देशनमा तयार भएको यो फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको एक्सन, समीर मियाको भीएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, वनिश शाहको सम्पादन छ ।

दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राइको फिल्ममा संगीत छ । फिल्मको छायांकन झापा, इलाम, भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र अमेरिकामा गरिएको छ ।