फिल्म ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म साउनको १६ गतेबाट रिलिजमा आउने पक्का भएको छ । रेबेल फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मले वैदेशिक रोजगारीका लागि विदेसिने नेपाली युवाहरुको सपनाको कथा भन्छ । विभोर पोखरेलको निर्देशनमा तयार भएको यो फिल्ममा गगनलाल प्रधानको लगानी छ ।


प्रदीप भारद्धाजले यो फिल्मको कथा लेखेका हुन् । यो फिल्ममा प्रमोद चौलागाई, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रविन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरुको अभिनय छ ।


रोशन श्रेष्ठको एक्सन रहेको फिल्ममा विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी छ । रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्जव केसीको संगीत रहेको फिल्मको छायांकन भारतको राजस्थान, नेपालको चितवन, काठमाडौं र लेटाङमा गरिएको छ ।