काठमाडौं— भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

यो समेत भारतमा जनवरीयता अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ। 

भारतभर हाल कोरोना संक्रमणका कारण ४ हजार ३ सय जनाभन्दा बढी बिरामी छन्।

यसमा सबैभन्दा बढी केरला राज्यमा सबैभन्दा बढी १ हजार ३ सय ७३ संक्रमित छन्। त्यहाँ रुघाखोकी र ज्वरो देखिनासाथ कोरोना परीक्षण अनिवार्य गरिएको छ।