गायिका एवम्  गीतकार चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान प्रदान गरिएको छ । मङ्गलबार राजधानीमा आयोजित ‘साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१’मा उनलाई गीतसङ्गीतमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा तीन अभिनेत्री भुवन चन्द, चैत्यदेवी एवम् बसुन्धरा भुसाललाई ‘चलचित्रकर्मी त्रिदेवी सम्मान’ प्रदान गरियो । सम्मान पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले प्रदान गरेका थिए ।

सोही अवसरमा सङ्गीतकार चेतन राई, सञ्चारकर्मी सोनित राज ढुङ्गेल, गायिका अनिता कुँवर, सञ्चारकर्मी तुल सिंह रनपछाई, मिसेज नेपाल रेश्मा घिमिरे, गीतकार/गायक सुवास कार्की, सङ्गीतकार मदन नेपाली, गायक धनराज चुनारा, बालकलाकार आरिया शाही, गोकर्णेश्वर नगरपालिका प्रशासकीय अधिकृत याम नारायण गौली सम्मानित भए ।

कार्यक्रममा गीतसङ्गीतका विभिन्न २२ विधामा अवार्ड समेत बाँडिएको थियो । जसमा लोकदोहोरी शब्दमा सागर रेग्मी, मोडल पुरुष अशोक पौडेल र महिला निरुता शाही, निर्देशकमा सृजन बरालले अवार्ड जिते ।

कार्यक्रममा शान्त शिशिर, सञ्चिता शाही, राम प्रसाद अवस्थी, सिमा थापा, विमल अधिकारी, अस्मीता पुरी, डा. ओम कृष्ण प्रसाई, केशव सापकोटा, डेविट शंकर, प्रतिमा के.सी, श्रीदेव भट्टराई, दिपा शाही, विजेन्द्र नौवागे, सियोन श्रेष्ठ, अजय रेग्मी, राजेश कुमार बाँच्दीन, विष्णु तामाङले अवार्ड लिए । कार्यक्रमको आयोजना सामना म्युजिक क्रियशनले गरेको हो ।