काठमाडौं २०८२ जेठ २० गते — नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सुरु गरेको भनिएको ‘झोले अभियान’ देशव्यापी चर्चा र बहसको विषय बनेको छ। राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म, ओलीको यो शैलीलाई कतिले  जनसंपर्कको नयाँ तरिका भनेका छन् भने कतिपयले यसलाई ‘पुरानो शैलीको राजनीतिक नौटंकी  को संज्ञा दिएका छन्।

झोले अभियान अन्तर्गत ओलीले गाउँ—शहर चहार्दै, हातमा झोला बोकेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। झोलामा ‘जनताको दुःख’, ‘सपना’ र ‘सरकारप्रतिको निराशा  संग्रह गर्ने उद्देश्य रहेको बताइन्छ।

ओलीको भने सन्देश यस्तो छ।

ओलीले अभियानको उद्देश्य जनताको आवाज सङ्कलन गरी सत्ता पक्षलाई आइना देखाउने बताउँदै आएका छन्। उनका अनुसार यो झोला केवल कपडा राख्ने साधन होइन, यो जनताका भावना बोक्ने साक्षात सन्देश हो।आलोचना र व्यङ्ग्यको भने बर्षात नै भयको छ। आलोचकहरू भन्छन् — झोला बोक्ने मात्रैले जनताको पीडा कम हुँदैन। सत्ताबाट बाहिरिएको नेताले झोला बोकेर देखाउने प्रयासलाई ‘प्रचारमुखी’ र ‘कृत्रिम व्यवहार भन्दै अनेक प्रश्न उठाइरहेका छन्। सामाजिक सञ्जालमा धेरैले झोलाभित्र वास्तविक नीति होइन, केवल नारामात्र रहेको टिप्पणी गरेका छन्।युवापुस्ता र झोला बिचको सम्बन्ध युवापुस्तामा भने मिश्रित प्रतिक्रिया देखिन्छ। कतिपय युवाहरू झोला अभियानलाई राजनीतिक चेतना बढाउने प्रयासको रूपमा लिन्छन् भने अन्यले यसलाई विगतका भाषणजस्तै ‘शब्दको खेल मात्र मान्दछन्।

झोले अभियानको वास्तविक प्रभाव समयले बताउनेछ, तर यसले कमसेकम एमाले अध्यक्ष केपी ओलीलाई पुन चर्चाको केन्द्रमा ल्याइदिएको छ। झोला बोकेर ओलीले जनताको साथ खोजिरहेका छन्, तर जनताले झोलामा के देख्नेछन्  त्यो भने अझै स्पष्ट छैन।